arrow

राष्ट्रिय सभामा अर्थमन्त्री

आगामी बजेटले शिथिल अर्थतन्त्र उकास्ने अर्थमन्त्री पौडेलको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
poudel-bishnu.jpg

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले शिथिल अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने दाबी गरेका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

अर्थमन्त्री पौडेलले निजी क्षेत्र र सहकारी क्षेत्रले बजेटप्रति सकारात्मक टिप्पणी गरिरहेको उल्लेख गर्दै बजेटले मितव्ययिता, सुशासन र आर्थिक पुनरुत्थानका लागि साहसिक र उपयोगी कार्यक्रमहरू अघि सारेको जिकिर गरे। उनले स्टार्टअप प्रवर्द्धनका लागि सूचना प्रविधि (आईटी) क्षेत्रमा विभिन्न मन्त्रालयमार्फत महत्त्वपूर्ण कार्यक्रमहरू प्रस्ताव गरिएको जानकारी दिए।

रेमिटेन्स व्यवस्थापन, कृषि क्षेत्रको प्राथमिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको समेत उनले बताए। पौडेलले युवाहरूलाई देशभित्रै रोक्नका लागि अनेकन् कार्यक्रमहरू अघि सारिएको जानकारी दिँदै दिगो विकास र सोह्रौँ योजनालाई बजेट निर्माणको आधारको रूपमा आत्मसात् गरिएको उल्लेख गरे।

आगामी आर्थिक वर्षको बजेटले समष्टिगत आर्थिक पुनरुत्थानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले भने, "अहिले निजी क्षेत्र र सहकारी क्षेत्रले अर्थतन्त्रको शिथिलतालाई चिर्नको निम्ति आगामी आर्थिक वर्षको बजेट उपयोगी हुने टिप्पणी भइरहेको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ