arrow

विनियोजन विधेयक सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
Koshi Pradesh.jpg

विराटनगर । कोशी प्रदेशसभाको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । 

त्यसअघि विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, विदुर लिंथेप, रमेशकुमार बस्नेत र यशोदा कायस्थले भाग लिएका थिए ।

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक छ भने ।

अर्की सदस्य सविना बजगाइँले झापाको बाहुडाँगीको जनजीवन हात्तीबाट आक्रान्त भएको गुनासो गर्र्दै सरकारबाट नियन्त्रणको प्रयास हुनुपर्ने माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ