arrow

राष्ट्रिय सभामा गृहमन्त्री

शान्ति सुरक्षा र सुशासनका लागि गृह मन्त्रालय प्रतिबद्ध: गृहमन्त्री लेखक

दुवै सुरक्षा निकायहरू न्यूनतम स्रोत र साधनमा काम गरिरहेका छन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
ramesh-lekhak-03-17.jpg

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कानुनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरू सक्रिय रहेको बताए।

गृहमन्त्री लेखकले सबै सुरक्षा निकाय न्यूनतम स्रोतसाधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताए। उनले आगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

"मुलुकमा रहेका सबै सुरक्षा निकायहरू मुलुकमा शान्ति सुरक्षा कायम गर्नका लागि, अपराध नियन्त्रण गर्नका लागि, अनुसन्धान र अभियोजनमा सहयोग गर्नका लागि र कानुनको कार्यान्वयनका निमित्त दत्तचित्त भएर काम गरिरहेका छन्," उनले भने, "दुवै सुरक्षा निकायहरू न्यूनतम स्रोत र साधनमा काम गरिरहेका छन्।"

गृहमन्त्री लेखकले यसपटक एउटा नयाँ नीति अवलम्बन गरिएको बताए। संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि सारेको उनको भनाइ छ। "तीनवटै तहका सरकारहरूको आपसि सहकार्यमा भौतिक पूर्वाधारको विकास गर्न सकिन्छ कि भनेर हामीले साझेदारीमा काम गर्ने योजना अगाडि सारेका छौँ। यो हाम्रो पहिलो अभ्यास पनि हो," उनले थपे।

उनले प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकहरू छलफलका क्रममा रहेको उल्लेख गर्दै ती विधेयकहरू पास भइसकेपछि सुरक्षा निकायहरूलाई थप व्यवस्थित गर्न सकिने विश्वास पनि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ