राष्ट्रिय सभा बैठक आज: संघीय निजामती सेवा र नागरिकता विधेयक छलफलका लागि पेश गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
1.7k
Shares
काठमाडौँ । संघीय संसद राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्दैछ।
आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, गृहमन्त्री रमेश लेखकले पनि प्रतिनिधिसभाबाट प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम पनि तय भएको छ।