भ्रष्टाचार र सरकार पर्यायवाची बनेका छन् - सांसद शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
686
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मुलुकमा भ्रष्टाचार यति बढेको छ कि सरकार र भ्रष्टाचार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार नै रहेको आरोप लगाए।
शर्माले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिएका छन्। उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाए।
"अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ। भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ। सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्। सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ," उनले भने। शर्माले भ्रष्टाचारलाई समयमै रोक्न नसके देश 'ग्रे लिस्ट' मा मात्र नभई सिधै 'ब्ल्याक लिस्ट' मा जाने अवस्था आउन सक्ने चेतावनी दिए।
उनले भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।