देउवाद्वारा पार्टी संगठन सुदृढ गर्न आह्वान, समावेशी लोकतन्त्रमा जोड [भिडियो]
सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
871
Shares
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै जातजाति र भाषाभाषीको सम्मान गर्दै समावेशी सोचका साथ अगाडि बढ्नुपर्ने धारणा राखे।
देउवाले नेपालको संविधानले महिला, आदिवासी जनजाति, दलितलगायत सबै वर्गलाई जोडेको र यो समावेशी लोकतन्त्रको उत्कृष्ट उदाहरण भएको बताए। तर, उनले यो संविधानले कुनै पनि पार्टीलाई स्पष्ट बहुमत दिन नसक्ने अवस्था सिर्जना गरेको बताए। यसले गर्दा सरकार बनाउनका लागि अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।
यद्यपि, उनले यदि सबै एक भएर अगाडि बढेमा बहुमत ल्याउन सम्भव हुने कुरा पनि औंल्याए। देउवाले थारू समुदायजस्ता विभिन्न वर्गका नागरिकहरू जुनसुकै परिस्थितिमा पनि देशप्रति इमान्दार रहेको भन्दै सबैलाई समान व्यवहार हुनुपर्नेमा जोड दिए।