arrow

राष्ट्रिय सभा

सरकारले राज्य आतंक मच्चाउने प्रयास गरिरहेको छ: सांसद आलेमगर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
upper-house-20.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले सरकारले राज्यका सबै संयन्त्रहरू कब्जा गरी ‘राज्य आतंक’ मच्चाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले संवैधानिक निकायदेखि न्यायालयसम्मलाई नियन्त्रणमा लिन खोजेको बताए। उनले संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशसमेत अल्पमतमा पर्ने गरी सर्वोच्च अदालतले फैसला गर्नु न्याय प्रक्रियाको उपहास भएको टिप्पणी गरे।

सांसद आलेमगरले पुरुषलाई बहुविवाह गर्ने अधिकार दिने कानुनी मस्यौदाको पनि विरोध गर्दै त्यसलाई अस्वीकार्य भनेका छन्। उनले प्रतिनिधि सभाकी उपसभामुखलाई महाअभियोग लगाएर हटाउने प्रयास भइरहेको आफूले सुनेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिए।

“झन्डै दुई तिहाइको सरकारले राज्यका सबै संयन्त्रमाथि कब्जा जमाएर राज्य आतंक मच्चाउन खोजेको हामीलाई आभास भएको छ,” उनले भने, “यी सबै राज्य आतंक फैलाउने कार्य बन्द गरियोस्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ