arrow

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले थारु समुदायको महत्त्वपूर्ण पर्व बर्का अट्वारी को अवसरमा यही भदौ ८ गते, आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

यो बिदा थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाहरू दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा लागू हुनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यो निर्णय सार्वजनिक गरेको हो।

बर्का अट्वारी पर्वमा थारु समुदायका पुरुषहरू सूर्यको पूजा गरी निराहार व्रत बस्ने परम्परा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ