एजेन्सी । मृत्युको ८ बर्ष पछि पप गायक माइकल ज्याक्सनको छोरीले ठुलो खुलासा गरेकी छन् । छोरी पेरिस ज्याक्सनले बुवाको षड्यन्त्र पुर्वक हत्या गरिएको दावि गरेकी छन् । बेलायतको वेबसाइट ‘इन्टीपेन्डेन्ट डट का डट यूके’ का अनुसार १८ बर्षीय पेरिसले उनको बुवाको हत्या पुरै तयारीको साथ गरिएको बताएकी हुन् ।
उनका अनुसार केहि मानिस ज्यान लिन चाहेको ज्याक्सनले संकेत दिएका थिए ।
पेरिस भन्छिन्- 'बुवा माइकल ज्याक्सनले मलाई यस कुराको संकेत गर्नु भएको थियो । साथै केहि मानिस पछ्याउन थालेको र आफुलाई मार्न चाहेको बताउनु भएको थियो ।
पेरिसलाई यस कुराको विश्वास छ कि उनको बुवाको हत्या भएको हो । उनले भनिन् सबै संकेतले र माइकलका प्रशंसक,परिवार पनि जान्दछन् कि उनको हत्या भएको हो ।
पेरिसले भनिन्, बुवा माइकलले भनेका थिए ती मानिसहरुले कुनै समय उनको हत्या गर्न सक्नेछन् । गायकको को हत्या गर्न कसले चहान्थ्यो भन्ने प्रश्नमा उनले व्यक्ति विशेषको नाम नलिइ ज्याक्सनको शत्रु रहेको बताइन् ।
पेरसिका अनुसार, यो शतरंज (चेस) खेल जस्तै हो र म शतरंज खेल्ने कोशिश गर्दै छु । यस बिषयमा अहिले यतिनै भन्न सक्छु ।
माइकल ज्याक्सनको निधन सन् २००९ मा अत्यधिक औषधिको सेवनका कारण भएको थियो । ज्याक्सनको निजी चिकित्सक कनराड मरेलाई अदालतले गैह्र जिम्मेवार ठहराउदै नोमेम्बर २०११ मा चार बर्षको जेल सजाय सुनाएको थियो ।