- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काँग्रेसका नेता नरहरि आचार्य एक वर्षपछि सार्वजनिक कार्यक्रममा सहभागि भएका छन् । गत वर्ष तत्कालीन काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुगेका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो ।
त्यसपछि नेता आचार्य कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । शनिबार शहीद गङ्गागाल राष्ट्रिय हृदय केन्द्रको २१ औँ वार्षिकोत्सवमा सहयोगि साथ देखिए । सो अवसरमा नेता आचार्यले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तक र नेपाली जनतालाई औपचारिकरुपमा सद्भाव र मायाका लागि आभार प्रकट गरे ।
नेता आचार्य गङ्गालालको सञ्चालक समितिको सदस्य पनि हुन् । आफ्नो स्वास्थ्यलाभमा गङ्गालालले खेलेको महत्वपूर्ण भूमिकाकै कारण यहीँबाट सार्वजनिक कार्यक्रमको सहभागिता सुरु गरेको जानकारी आचार्यले दिए ।
अझैपनि पूर्णरुपमा निको नभइसकेका नेता आचार्यले आफूलाई जीवनदान दिने गङ्गालालको उपचार सेवाप्रति कृतज्ञ भएको भन्दै अस्पतालले सङ्ख्यात्मक वृद्विलाई मात्र सफलता नठानेर बिरामी र उसका आफन्तलाई सन्तुष्ट बनाउन सकेमा मात्र सफल हुने बताए ।
मुटुरोगको उपचारमा गङ्गालालको महत्वपूर्ण भूमिका रहेको भन्दै नेता आचार्यले गुणस्तरीय र बिरामीमैत्री सेवा दिन स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको पनि बताए ।