काठमाडौँ। आज (बिहीबार) राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ।
दिउँसो १२:३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्यबारे छलफल हुनेछ। बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ।
दिउँसो १ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। यस बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशमा गरिएको अनुगमन तथा अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गरिने कार्यतालिका छ।