arrow

देउवा उपचार गर्न विदेश जाँदै छैनन्, भानु भन्छन् – मिडियाले त्यत्तिकै लेख्दिया हो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
deuba-82-6-28ppp.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज उपचारका लागि विदेश नजाने भएका छन् । 

उनले मंगलबार पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिँदै उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएसँगै उपचारका लागि सिंगापुर जाने चर्चा चलेको थियो । 

तर देउवाका निजी सचिव भानु देउवाले भने उपचारका लागि तत्काल कतै जाने सम्भावना नभएको बताए । 

उनले भने, ‘होइन होइन । त्यस्तो केही भा’छैन कुरा ।’

मिडियामा आएको समाचारबारे उनले भने, ‘जाने हैन । जाने छैन । मिडियाले त्यत्तिकै लेख्दिया हो ।’

यसअघि मंगलबार देउवा धर्मपत्नी डा आरजू राणा देउवासँगै दम्पती जेन–जी आन्दोलनमा घाइते भएपछि पैँतीस दिनमा सार्वजनिक भएका थिए । 

जेन–जी आन्दोलनका पीडित देउवा स्वास्थ्योपचारपछि आफन्तको घरमा बस्दै आएका थिए । गत भदौ २४ गते जेन–जी समूहले देउवाको निवास बूढानीलकण्ठमा प्रवेश गरेर तोडफोडसहित आगजनी गरी देउवा दम्पतीलाई गम्भीर हुने गरी पिटपाट गरेको थियो । 

देउवा दम्पतीको सेनाले उद्धार गरी सैनिक अस्पतालमा उपचार गराएको थियो । त्यसयता कतै सार्वजनिक नभएका देउवा मंगलबार पार्टी मुख्यालय बीपीनगर सानेपामा बैठकमा सहभागी हुँदै पार्टीको कार्यकारी भूमिकाबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका थिए । 

पार्टी कार्यालयमा उपस्थित हुँदा र बोल्दा खासै जोशमा नदेखिएका देउवा निराशजस्तै लाग्थे । सोही आधारमा उनी बिमार भएकाले उपचारका लागि जाने अड्कलसमेत भएको थियो । 

यद्यपि उनका स्वकीय सचिव देउवाले हाम्राकुरासँगको कुराकानीमा ‘जाने फिक्स छैन’ भनी एक वाक्यसमेत बोलेका हुनाले आज नगए पनि कुनै पनि बेला जान सक्ने आँकलन भने गर्न सकिन्छ । 

यसअघि देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको जनाइरहँदा असोज २ गते नै अस्पतालबाट आफन्तको निवासमा बसिरहेको सूचना बाहिरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ