arrow

राष्ट्रिय सरोकार समिति

राष्ट्रिय सभाका सांसदद्वारा राष्ट्रिय गौरवका आयोजनाबारे सरकारसँग जवाफ माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
sarokaar-samitiss-.jpg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढ्न नसक्नुका कारणहरू तत्काल स्पष्ट पार्न सरकारसँग कडा माग गरेका छन्। सांसदहरूले सम्पन्न हुने अवस्थामा पुगेका आयोजनाहरूलाई पूरा गर्ने दिशामा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराएका छन्।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढाउन नसक्नुको कारण स्पष्ट पार्न माग गर्दै ती आयोजनाहरूको पुनरावलोकन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मन्त्रालयहरूले आफूले भनेको काम राष्ट्रिय गौरवको आयोजनामा किन गर्न सकेनन् भन्ने कुरा प्रष्ट हुनुपर्ने र यसले सम्बन्धित मन्त्रालयलाई बढी सतर्क बनाउने धारणा राखे।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवका आयोजनाबारे अनुगमन गर्ने र त्यसको पछिल्लो अवस्थाबारे सरकारसँग छलफल गरेर अघि बढ्न जोड दिएका छन्। उनले सम्भव भएमा आगामी निर्वाचन र मुलुकको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र मन्त्रीहरूसँग पनि छलफल गर्न उपयुक्त हुने सुझाव राखे।

सांसद गैरले सम्पन्न हुने अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको काममा ध्यान केन्द्रित गर्न सरकारलाई सचेत गराएका छन्। उनले कालीगण्डकी करिडोरको पाल्पा र पर्वत खण्डहरू सम्पन्न हुने चरणमा रहेकाले यसलाई अगाडि बढाउनुपर्ने बताए। साथै, उनले कर्णाली प्रदेशका योजनाहरूमा सरकार केन्द्रित हुनुपर्ने र राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ