राष्ट्रिय सभाका दुई समितिको बैठक आज, कानुन मन्त्रीसँग विशेष छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
731
Shares
काठमाडौँ | संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाका दुई वटा समितिको बैठक आज बस्दैछ। दुवै समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको संसद् सचिवालयले जनाएको छ।
आजको विधायन व्यवस्थापन समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। समितिले कानुन निर्माणको प्रक्रिया र विधेयकहरूको अवस्थाबारे मन्त्रीसँग जानकारी लिने बताइएको छ।
त्यसैगरी, सोही समयमा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि कानुन मन्त्रीकै उपस्थिति रहने भएको छ। उक्त बैठकमा प्रत्यायोजित विधायनको अभ्यास र सार्वजनिक नीतिका विविध पक्षबारे मन्त्रीसँग छलफल हुने कार्यक्रम रहेको छ।
दुवै समितिले कानुन र संसदीय मामिलासँग जोडिएका समसामयिक विषयमा सरकारको धारणा बुझ्ने र आवश्यक निर्देशन दिने तयारी गरेका छन्।