काठमाडौ । नेपाल पत्रकार महासंघमा नेतृत्व गरिसेकाहरुले वार्ता र संवादवाटै समस्याको निकास खोज्न आग्रह गरेका छन् । सदस्यता वितरणमा अनियमितता भएको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रिय कार्यालयमा तालवन्दी गरेपछि पूर्व पदाधकारीहरुले यस्तो आग्रह गरेका हुन् ।
पत्रकार महासंघका पूर्व उपसभापतिहरु विपुल पोख्रेल, उमिद बागचन्द, गंगाधर पराजुली, कृष्णप्रसाद बस्याल ‘राकेश’ पूर्व क्षेत्रीय संयाजेकहरु मनमोहन स्वाँर, प्रेम केसी, नेपाल प्रेस युनियनका सल्लाहकार शिब लम्साल र पूर्व महासचिब विन्दुकान्त घिमिरे र ले सोमबार संयुक्त विज्ञप्ती निकालेर अहिले देखिएको सदस्यता सम्बन्धी विवादको समाधान गर्न माग गरेका हुन् । अहिले ३५ वटा जिल्लामा सदस्यता विवाद देखिएकाले विधान अनुसार समस्या समाधान गर्न पनि बर्तमान नेतृत्वको ध्यानकर्षण गराइएको छ ।
संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘ अब बिधान अनुसार शाखाले निर्णय गरेर पठाएकाहरुलाई सदस्यता दिने र प्राप्त उजुरीहरुलाई जिल्ला शाखामा पठाएर छानविन गर्न लगाउने समन्वयकारी भूमिकामा केन्द्रिय समिति प्रस्तुत हुनु पर्दछ । त्यसपछि सबै पक्षको सहमति कायम गराई फेरि अर्को मिति निर्धारण गरेर मात्र अधिबेशनमा जान हामी आग्रह गर्दछौ । अन्यथा मुठभेडको अबस्था आउन सक्ने तर्फ गंभिर बन्न हामी केन्द्रिय नेतृत्वसंग आग्रह गर्दछौ । बिधानको परिधिभित्र रही विवादको टुङ्गो लगाउन सकिएन भने महाधिबेशन नै विवादको घेरामा पर्ने संभावना तर्फ समेत गंभिर बन्न पनि नेतृत्वलाई आग्रह गर्दछौ ।’