राष्ट्रिय सभा निर्वाचन र नेताहरूको कार्य विभाजन गर्न एमाले सचिवालय बैठकमा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २२ मंगलबार
639
Shares
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । पार्टी सचिव पद्मा अर्यालका अनुसार समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा निर्वाचनका लागि भोलि हुने मनोनयन र आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू तय गर्न यो बैठक बोलाइएको हो ।
बैठकमा नेताहरूको कार्यविभाजनलाई प्रमुख एजेण्डाका रूपमा अगाडि सारिएको छ । देश निर्वाचनतर्फ उन्मुख भइरहेकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ ।
यस तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख तथा प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने र जिल्ला इन्चार्जहरूलाई पनि संयोजककै भूमिकामा परिचालन गर्ने योजना पार्टीले बनाएको छ।
यसका साथै आजको सचिवालय बैठकले यही २६ गते बस्न लागेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित विशेष रणनीतिहरूका बारेमा समेत आवश्यक छलफल गरी ठोस निर्णय लिने बताइएको छ।
राष्ट्रिय सभामा नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँग सहकार्यका लागि पनि एमाले तयार रहेको देखिन्छ ।