धादिङ । लामो समयपछि धादिङमा भूकम्प गएको छ । बिहान ६ बजे धादिङको बेनीघाट केन्द्रबिन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । यसको धक्काले केन्द्रबिन्दू भएको क्षेत्रमा सर्वसाधारण आत्तिएर बाहिर निस्किएका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई गत वर्ष बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्पन नै भनेको छ ।
अहिलेसम्म गोरखा भूकम्पपछि ४ रेक्टर स्केलदेखि माथिका ४७७ वटा पराकम्पन आइसकेको केन्द्रले जनाएको छ ।