arrow

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेस–एमालेका उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
ramkumari-82-10-11.jpg

देउखुरी । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग–अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी भएका हुन् ।  

महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी नेकपाकी दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गरिन् । 

यसैगरी अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी नेकपाका वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गरे । 

राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाए । यस्तै अपाङ्ग–अल्पसङ्ख्यकतर्फ कांग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयी भए भने नेपाली कम्युनिष्ट पार्टी नेकपाका सर्जन विकले एक हजार ६०१ मतभार पाए । 

निर्वाचनमा प्रदेश सभातर्फ ७८ र स्थानीय तहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेश सभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँच जना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौ जना अनुपस्थित रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ