arrow

राष्ट्रिय सभा

चुनावी र्‍यालीमा राष्ट्रिय झण्डा प्रयोग गर्न रोक लगाउन सांसदको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
belbasess.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीहरूमा राष्ट्रिय झण्डाको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउन सरकारसँग माग गरेकी छन्। मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको चरम दुरुपयोग भइरहेको भन्दै यस्तो माग गरेकी हुन्।

सांसद बेलवासेका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाहरूको उचित व्यवस्थापन र संरक्षण हुन नसकेको र ती कहाँ कुन अवस्थामा छन् भन्ने खोजी गर्न सकिने स्थिति छैन। उनले नेता तथा कार्यकर्ताले घाँटीमा मालाझैँ लगाएका झण्डाहरू अहिले फोहोरमा फालिएको वा बेवास्ता गरिएको हुन सक्ने भन्दै यसले राष्ट्रिय गौरवको अपमान गरेको बताएकी छन्।

उनले राष्ट्रिय झण्डाको मानमर्यादा राख्नका लागि यसलाई चुनावी अभियानमा प्रयोग गर्नै नहुने स्पष्ट पार्दै यसको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउन सरकारलाई आग्रह गरेकी छन्। राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रियालाई प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा समेत उनले विशेष जोड दिएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ