काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा सुरु हुनेछ।
आजको बैठकमा मुख्य गरी 'शून्य समय' र 'विशेष समय' को कार्यसूची तय गरिएको छ। शून्य समयमा सांसदहरूले मुलुकका समसामयिक एवं जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनेछन्।
त्यस्तै, विशेष समयमा राजनीतिक दलका आधारमा सांसदहरूलाई पालैपालो समय उपलब्ध गराइनेछ, जहाँ उनीहरूले दलगत धारणा र राष्ट्रिय महत्त्वका मुद्दाहरू प्रस्तुत गर्नेछन्।