एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अघि सारेको छः देवेन्द्र दाहाल
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
701
Shares
काठमाडौँ। पूर्व भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहालले राजनीतिक दलहरूले समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेकपा एमालेले अगाडि सारेका बताएका छन् ।
बुधबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको बैठकमा बोल्दै दाहालले राजनितिक दलहरूले समाजवादको मोडेल दिन नसकेको बताए ।
उनका अनुसार समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अबधारणा एमालेले अघि सारेपनि त्यो पर्याप्त नभएको र विस्तृत व्याख्या हुन जरुरी रहेको उल्लेख गरे ।
उनले भने, ‘राज्यको लागि आश्यक पर्ने विषय केन्द्रित सुझाव दिने, गहिरो अध्ययन गरेर तथ्यांकले पुष्टि प्रमाणित हुने गरी विषयहरु विश्लेषणात्मक रुपले अघि सार्ने, नेपालको शिक्षा र स्वास्थ्य, विकास, कृषि, औद्योगिक र आयात प्रतिस्थापनसम्बन्धी नीतिहरू अवलम्बन र हामिले नेपालको संविधान बनाइ रहँदा धारा ४ मा समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेका छौँ। यो नेपाली समाजलाई त्यस्तो अबस्थामा पुर्याउने के कस्ता नीति तर्जुमा गर्नुपर्ला आदि विषयमा छलफल गर्दा राम्रो होला ।’
दाहालले कुनै पनि सभामा विधेक प्रस्तुत भई पारित भएपछि अर्को सभामा पठाउँदा विभेदकारी प्राबधान रहे पनि त्यसलाई अन्त्य गर्नु जरुरी रहेको बताए ।
उनले सभालाई प्रभावकारी बनाउन राजनितिक भाषण मात्र गरेर समय नसक्नसमेत सुझाव दिए।