arrow

राष्ट्रिय सभाको १९ औँ अधिवेशनको अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
national-assembly-singhadarwar-82-10-4 (2).jpg

काठमाडौँ । राष्ट्रिय सभाको चालु १९ औँ अधिवेशन आज शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य भएको छ। मन्त्रिपरिषद्को गत माघ २६ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम यो अधिवेशन अन्त्य गरेका हुन्। 

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै अधिवेशन अन्त्यको औपचारिक जानकारी गराएका छन्। माघ २९ गते जारी गरिएको पत्रानुसार संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२:०० बजेदेखि चालु अधिवेशन स्वतः अन्त्य हुने उल्लेख छ। 

सभाको बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको पत्रको व्यहोरा पढेर सुनाउँदै १९ औँ अधिवेशन आजै रातिबाट अन्त्य भएको घोषणा गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ