arrow

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले लिए शपथ, एकबाहेक सबै कांग्रेस-एमाले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
lower-house-oath-82-11-25qqqq.jpg
तस्बिर : नेपाल न्यूज बैंक ।

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ लिएका छन् । सिंहदरबारस्थित कानून,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन् ।

 गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। अध्यक्ष दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराएका हुन् । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका छन् । मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । 

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् । त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।

यी सबैले शपथ लिएका हुन् । थपिएका १८ जनामा महन्थ ठाकुर बाहेक नेपाली कांग्रेस र नेकपा एमालेका सांसद हुन् । 

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित हुन्छन् । तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानून छ । 

अहिले राष्ट्रिय सभामा कांग्रेस र एमालेको बहुमत छ । 

rastriyasabha-oath-82-11-25qqq (22).png
rastriyasabha-oath-82-11-25qqq (23).png
rastriyasabha-oath-82-11-25qqq (1).png
rastriyasabha-oath-82-11-25qqq (2).png
rastriyasabha-oath-82-11-25qqq (3).png
rastriyasabha-oath-82-11-25qqq (4).png
rastriyasabha-oath-82-11-25qqq (5).png
rastriyasabha-oath-82-11-25qqq (6).png
rastriyasabha-oath-82-11-25qqq (7).png
rastriyasabha-oath-82-11-25qqq (8).png
rastriyasabha-oath-82-11-25qqq (9).png
rastriyasabha-oath-82-11-25qqq (10).png
rastriyasabha-oath-82-11-25qqq (11).png
rastriyasabha-oath-82-11-25qqq (12).png
rastriyasabha-oath-82-11-25qqq (13).png
rastriyasabha-oath-82-11-25qqq (14).png
rastriyasabha-oath-82-11-25qqq (15).png
rastriyasabha-oath-82-11-25qqq (16).png
rastriyasabha-oath-82-11-25qqq (17).png
rastriyasabha-oath-82-11-25qqq (18).png


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ