arrow

राष्ट्रिय सभामा महिला आयोगको प्रतिवेदन पेश, सुशासन र पारदर्शितामा जोड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
upper-house-82-12-22ppp.jpg

काठमाडौँ । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ । यता सभाको आजको बैठकमा  नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।

बैठकमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्ने बताए । सोही दलकी गीता देवकोटाले किसानमैत्री नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । सांसद चन्द्रबहादुर केसीले देशको ‘आर्थिक विकास’ वर्तमान सरकारको मूलमन्त्र हुनुपर्छ भनिन् । 

बैठकको शून्य समयमा पश्चिम एसियामा जारी द्वन्द्वका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको  तथा यसबाट सीमान्तकृत वर्ग समस्यामा परेको विषयलाई सभाका सदस्यहरूले प्राथमिकताका साथ उठाए । 

सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गरे ।     सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सदन एवं सरकारको ध्यानाकर्षण गराए । 

सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । सांसद सुरेशकुमार आलेमगरले विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन नहुने धारणा व्यक्त गरे ।

शून्य समयमा सांसदहरू मदनकुमारी शाह र नारायणदत्त मिश्रले पनि समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ । 

upper-house-82-12-22q (2).jpg
upper-house-82-12-22q (3).jpg
upper-house-82-12-22q (4).jpg
upper-house-82-12-22q (5).jpg
upper-house-82-12-22q (6).jpg
upper-house-82-12-22q (7).jpg
upper-house-82-12-22q (8).jpg
upper-house-82-12-22q (9).jpg
upper-house-82-12-22q (10).jpg
upper-house-82-12-22q (11).jpg
upper-house-82-12-22q (12).jpg
upper-house-82-12-22q (13).jpg
upper-house-82-12-22q (14).jpg
upper-house-82-12-22q (15).jpg
upper-house-82-12-22q (16).jpg
upper-house-82-12-22q (17).jpg
upper-house-82-12-22q (18).jpg
upper-house-82-12-22q (19).jpg
upper-house-82-12-22q (20).jpg
upper-house-82-12-22q (21).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ