arrow

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
lilakumari-bhandari-oath-82-12-24.jpg

काठमाडौँ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छिन् । 

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । उनी सोमबार निर्विरोध निर्वाचित भएकी थिइन् । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह बालेन, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ