arrow

राष्ट्रिय सभाको गरिमालाई बढाउने गरी भूमिका निर्वाह गर्छु: सभापति रोकाय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
krishna-bahadur-rokaya-rastriya-sabha.jpg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । बैठक कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो ।

ज्येष्ठ सदस्य सिटौलाले रोकायालाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेका थिए, जुन सर्वसम्मतिले पारित भएको हो ।

निर्वाचित भएपछि रोकायाले कसैप्रति आग्रह नराखी पार्टीभन्दा माथि उठेर समिति र राष्ट्रिय सभाको गरिमा बढाउने गरी निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफ्नो कार्यकालमा सबै सदस्यको विश्वासलाई सम्मान गर्दै विधायन प्रक्रियालाई थप प्रभावकारी र गरिमामय बनाउने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ