arrow

राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
sabhapati-rastriyasabha.jpg

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतका चार ओटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ लिने सभापतिहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल छन् ।

नवनिर्वाचित सभापतिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चार ओटै समितिका सभापति म‌ंगलबार निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ