arrow

शीतल निवासमा राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटका क्रममा अध्यक्ष दाहालले टर्किएमा आयोजना हुन लागेको अन्तर व्यवस्थापिका सङ्घ  को साधारणसभामा आफ्नो सहभागिता रहनेबारे राष्ट्रपतिलाई जानकारी गराए। 

सो अवसरमा उनीहरूबीच मुलुकको समसामयिक राजनीतिक अवस्था र संसदीय गतिविधिका विषयमा समेत छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ