काठमाडौं । पटकपटक स्थगित हुँदै आएको रत्नराज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फेरि अनिश्चितकालको लागि स्थगित भएको छ । फागुन १४ र १८ गते सर्दै आएको निर्वाचन २३ गतेको लागि स्थगित भएको थियो । २३ गतेको लागि तोकिएको निर्वाचन पनि प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद पराजुलीले सूचना जारी गरी स्थगित भएको घोषणा गरेका हुन् ।
उनले निर्वाचनको लागि मिति घोषणा गरेका छैनन् । यही अवस्थामा निर्वाचन गर्न सम्भव नरहेकोले स्थगित गरिएको उल्लेख गरेका छन् । उनी शुक्रवार विहानैदेखि क्याम्पसमा सम्पर्कमा थिएनन। नेविसंघले निर्वाचन प्रमुखको अपहरण भएको हुनसक्ने बताएको छ। यहि बीचमा उनले सूचना जारी गरेका हुन।