काठमाडौं । नेपाल प्रहरीका दोस्रो वरियताका नायव महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालले पनि सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।
सर्वोच्च अदालतले डीआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवालको मात्र कार्य मूल्यांकनको फाइल मगाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् ।
उनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्ता सुवास लामिछानेले जानकारी दिए ।
डीआईजी अर्यालले आइतबार नै रिट दायर गर्ने तयारी गरेका थिए । तर सम्भव हुन नसकेको लामिछानेले बताए ।
आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा परेको रिटको सुनुवाईका क्रममा सर्वोच्चले चन्द र सिलवालको मात्र फाइल मगाएको थियो । (राजधानी दैनिक)