- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पोखरामा रहेको लेखनाथ नगरपालिकामा एमालेबाट उम्मेदवारी दिनेहरुको नाम निर्वाचन गरेर नै चयन गरिने भएको छ । आसन्न स्थानीय निर्वाचनमा महानगरको मेयर तथा उपमेयरको लागि डेढ दर्जन नेताहरुले आकांक्षा देखाएपछि निर्वाचन नै गरेर उम्मेदवार चयन गर्न लागिएको हो ।
शुक्रबार निर्वाचन कमिटी अध्यक्ष टिकाराम पंगेनीले जारी गरेको विज्ञप्तीमा १० जना मेयरका आकांक्षी र ८ जना उपमेयरका आकांक्षीहरुको नामावली समेटिएको छ । हाम्राकुरासँग कुराकानी गर्दै पंगेनीले यस विषयमा नेताहरु छलफलमा रहेको भन्दै अन्तिम नामावली केही समयपछि सार्वजनिक गरिने बताए ।
उनका अनुसार साँझ साढे ५ बजेसम्म निर्वाचन सुरु गर्ने तयारी भईरहेको छ । यसमा उम्मेदवार भएकाहरु मध्ये जिल्ला अध्यक्ष समेत रहेका कृष्ण थापाले नै उम्मेदवारीको लागि निर्वाचन जित्ने सम्भावना रहेको देखिएको छ । उनले टिकट पाएको खण्डमा महानगरको मेयरमा जित्नको लागि समेत सहज रहेको कास्की एमालेको छ ।
यसरी उम्मेदवारी दिनहरुमा कृष्ण थापा, धनराज आचार्य, मदन काजी श्रेष्ठ, भीम कुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, राजीव पहरी, नारायण प्रसाद बास्तोला, श्री नाथ बराल र होम बहादुर नेपालीले उम्मेदवारीको लागि आकांक्षा देखाएका छन् ।
मेयर तथा उपमेयरको उम्मेदवारी दिन अाकांक्षा देखाएकाहरुको विवरण यस्तो छ ।