- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी राजपा नेपालसंग छलफल गर्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
काँग्रेसले दोस्रो चरणको स्थानीय तहकोे निर्वाचन र आन्दोलनका सम्बन्धमा राजपासंग छलफल गर्न लागेको हो ।
बैठकमा काँग्रेसले राजपा नेपाललाई निर्वाचनमा सहभागी भई निर्वाचनलाई सफल बनाउन आग्रह गर्ने बताइएको छ ।
राजपा नेपालका शीर्ष नेताको शुक्रबार बसेको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गर्दै आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
विभिन्न माग राखी आन्दोलनरत राजपा नेपालका माग सम्बोधन गर्ने क्रममा सरकारले केही दिनअघिमात्र २२ स्थानीय तह थप गर्नेसहित स्थानीय तहको सीमाङ्कन फेरबदल गरेको थियो ।
जुन निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबारै अन्तरिम आदेश जारी गरेको छ ।