- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुर । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा लागि नेपाली काँग्रेस उदयपुरले चार गाउँपालिकाको उम्मेदवार टुङ्गो लगाएको छ । काँग्रेस उदयपुरका प्रचार–प्रसार विभाग प्रमुख मदनराज कटुवालले भने, ‘चार नगरपालिकाको मेयर तथा उपमेयर टुङ्गो लगाउने जिम्मा केन्द्रलाई दिएर गाउँपालिकाको टुङगो लगाइएको छ ।’
सुनकोसी गाउँपालिकामा अध्यक्षमा पुप्पलाल राई, उपाध्यक्षमा रमिला राई उठ्ने पक्का भएको छ । ताप्ली गाउँपालिकामा अध्यक्षमा डिकबहादुर ज्यु ठकुरी, उपाध्यक्षमा धनमाया मगरले टिकट पाएका छन् । रौतामाई गाउँपालिकामा अध्यक्षमा भुपेन्द्रबहादुर थापा र उपाध्यक्षमा धनमाया थापा मगर सर्वसम्मत उम्मेदवार भएका छन् ।
उदयपुरको पुरानो सदरमुकामा रहेको उदयपुरगढी गाउँपालिमा जीतबहादुर खड्का अध्यक्ष र उपाध्यक्षमा बिमा राई काँग्रेसको तर्फबाट उम्मेदवार बने । त्रियुगा, चोदण्डीगढी, बेलाक र कटारी नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवार पार्टी केन्द्रले तोक्ने भएको प्रचार–प्रसार विभागका प्रमुख कटुवालले जानकारी दिए ।
८ वटै स्थानीय तहको ७५ वटै वडाको वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारको नाम मात्र सार्वजानिक गर्न बाँकी रहेको बताइएको छ ।