- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका सात हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन् ।
केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ ।
‘यसबाहेक घरेलु कामदार, प्रलोभन–उक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखिन्छ,’ उनले भने ।
बालबालिका हराउँदा सूचना दिने तर फेला परेपछि जानकारी नदिँदा समेत बेपत्ता संख्या वृद्धि भएको उनले आशंका गरे ।
दुई वर्षअघि गएको भूकम्पका कारण घरवारबिहीन बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ ।
हराएका बालबालिकामध्ये धेरैजसो स्थलमार्ग हुँदै भारत पुर्याएको हुनसक्ने सरकारी अधिकारीहरूको आशंका छ । (कारोबार दैनिक)