arrow

इयूबाट बेलयतको बहिर्गमन नयाँ सरकार गठनपछि : प्रधानमन्त्री मे

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
may.jpg.jpeg

लण्डन । बेलायतका प्रधानमन्त्री थेरेसा मेले निर्वाचन परिणाम आएसँगै संसदमा सवैभन्दा ठूलो दलको हैसियतमा आफ्नो दलले नयाँ सरकारको नेतृत्व लिने र सोही सरकारले बेलायतलाई (यूरोपियन यूनियन) इयूबाट बहिर्गमन (बे्रक्जिट) हुने प्रक्रियाको नेतृत्व लिने बताएकी छन् ।

ब्रेक्जिट प्रक्रिया शुरु हुने भनी तय भएको समयतालिका आउन केही दिन रहँदा भएको मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा हाँसिल गरेपनि संसदमा प्रतिनिधित्व गरेको ठूलो दलको हैसियतमा प्रधानमन्त्री मेले बेलायती महारानी एलिजावेथ द्वितीयसँग शुक्रबार भेट गरेकी हुन् ।
 
महारानीसँगको भेटपछि प्रधानमन्त्रीको सरकारी कार्यालय डाउनिङ स्ट्रिटमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री मेले भनिन् , “हामीले  ब्रेक्जिटका लागि गरेको प्रतिवद्धतालाई पूरा गरेरै छाड्नेछौँ ।”
 
प्रधानमन्त्रीको दलको निर्वाचनमा कमजोर परिणाम आएसँगै उनको पुरानो एजेण्डाका रुपमा रहेको इयूबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको अड्कलबाजी विश्वसमुदायले गरिरहेका वेला प्रधानमन्त्री मेले निवाचन परिणामका कारण बेलायतको इयूबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने बताइन् ।

यसैबीच, प्रतिपक्षी दल लेबर पार्टी र केही उनकै दलका नेताले समेत निर्वाचन परिणामको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रतिपक्षी दलका नेता जेरमी कोर्बिनले प्रधानमन्त्रीले पदमा रहिरहने जनमत गुमाएकाले उनको राजिनामा आउनुपर्ने बताउदै भने, “ प्रधानमन्त्री मेको दलले पाएको जनादेश निर्वाचन परिणामबाट सकिएको छ, उनले जनमत गुमाएकी छन्, समर्थन गुमाएको छ र उनिप्रतिको विश्वास पनि गुमेको छ ।”
 
कन्जरभेटिभ पार्टीले आफ्नो बहुमत गुमाएको छ, प्रधानमन्त्रीले पनि सवै अख्तियारी एवम् विश्वास गुमाउनुभएको छ, स्कटल्याण्डका मुख्यमन्त्री निकोला स्टर्जियनले भने।

प्रधानमन्त्री मेले आफ्नो दललाई जनतासमक्ष लगेकोमा जनताबाट पराजित भएपछि नैतिकताका हिसावले पनि राजिनामा दिनुपर्छ, लिवरल डेमोक्रेट पार्टीका नेता टीम फ्यारोनले बताए । निर्वाचनले ‘हार्ड ब्रेक्जिट’को मुद्दालाई पराजित गरेको कन्जरभेटिभ पार्टीका पूर्व वित्तमन्त्री जर्ज अर्सवर्नले बताए ।
 
शुक्रबार साँझसम्ममा यहाँका ६५० मध्येका ६४९ स्थानको परिणाम आइसकेको छ । यसमध्ये २०१५ को निर्वाचनमा ३३१ स्थान बिजय गरेको कन्जर्भेटिभ पार्टीले ३१८ स्थान पाएको छ भने लेबर पार्टीले पहिलेको २२९ बाट बढाएर २६१ पुर्‍याएको छ ।  एएफ्पी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ