- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ युरोपेली पारमाणविक अनुसन्धान सङ्गठन (सर्न) को अवलोकन भ्रमण गरेकी छिन् ।
राष्ट्रपति भण्डारी सन् १९५२ मा स्थापना भएको युरोपेली पारमाणविक अनुसन्धान सङ्गठनको कार्यालयमा आइपुग्दा सदस्य तथा गैरसदस्य मुलुकसँग सम्बन्धका प्रमुख ई सेस्मेलिसका साथै सङ्गठनमा कार्यरत नेपाली वैज्ञानिक ए। शर्मा तथा एस श्रेष्ठले स्वागत गरे ।
भ्रमणका क्रममा प्रमुख सेस्मेलिसले सङ्गठनका क्रियाकलापका विषयमा जानकारी दिए । यस क्रममा उनले सङ्गठनले विश्व तथा नेपालमा गरेका क्रियाकलाप र नेपाली वैज्ञानिकलाई उपलब्ध गराएको अवसरका विषयमा जानकारी दिए ।
छलफलका क्रममा राष्ट्रपति भण्डारीले सङ्गठनले मानव शान्तिका लागि बैज्ञानिक अनुसन्धान तथा विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाली वैज्ञानिक तथा विज्ञानका विद्यार्थीलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् ।
उनले नेपाल भूकम्पको जोखिममा परेको मुलुक भएकाले यसबाट जोगाउन सर्नले गर्नसक्ने कार्यका विषयमा जिज्ञाशा प्रकट गरिन् ।
सङ्गठन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सिन्क्रोसाइक्रोट्रोनको पनि अवलोकन गरिन् ।
यस भवनमा एस पेटिटले सङ्गठन तथा उर्जा भौतिकशास्त्री अनुसन्धानमा भएका विषयमा छोटो प्रस्तुतीकरण दिए ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘कन्ट्रोल रुम’को निरीक्षण गरिन् ।
‘कन्ट्रोल रुम’मा उनलाई सहयोग सम्बन्धका पूर्व प्रवक्ता डी चाल्र्टन तथा नेपाली वैज्ञानिक एस श्रेष्ठले यस कक्षमा आफूहरुको गर्नुपर्ने कामका विषयमा जानकारी दिए ।
उक्त अवसरमा नेपाली विद्यार्थी बी पण्डित तथा डी चालिसेको पनि उपस्थिति थियो । रासस