- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दुर्व्यसनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाउने क्रममा गृह मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गरेको छ ।
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध चेतनामुलक कार्यक्रम गर्ने क्रममा गृह मन्त्रालयले राजधानीको पज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेको हो ।
समाजलाई चेतना जगाउने उद्धेश्यले गरिएको यस कार्यक्रममा गृह मन्त्रालय अन्तर्गतका निकाय, सुरक्षा, विभिन्न संघसंस्थाका साथै विद्यालयबाटसमेत ठूलो संख्यामा सहभागीता रहेको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सुरक्षा प्रमुखहरुसमेत उपस्थित रहेका छन् ।
यसपटकको नारा ‘हाम्रो चाहना लागू पदार्थरहित समाजको सिर्जना’ रहेको छ । स्कुले विद्यार्थीदेखि नै यो शिक्षामा विशेष जोड दिइएको छ ।
प्रज्ञाभवनमा कार्यक्रम गर्नुअघि राजधानीमा प्रभातफेरी निकालिएको थियो ।
देशका विभिन्न भागमा समेत प्रभातफेरी निकालियो ।
दुर्व्यसनरहित समाज निर्माण गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ ।