arrow

मध्यरातमा पूरा भयो २००२ देखिको भारतको सपना, सुरु भयो समान कर प्रणाली 

मुखर्जीले संविधानसँग तुलना गरे, मोदीले गीतासँग, काँग्रेसले भन्यो : तमासा 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असार १७ शनिबार
mukharji_modi.jpg

काठमाडौं । भारत सरकारले देशभर अप्रत्यक्ष करमा समान दरको सुरुवात गरेको छ । विभिन्न शीर्षकमा तिरिँदै आएको करलाई एकीकृत गर्ने उद्देश्यले सुरु गरिएको बस्तु तथा सेवाकर ९जिएसटी० शुक्रबार राती भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले यो व्यवस्थाको बटम थिचेर सुरुवात गरे । यसरी बटम थिचिएसँगै अब भारतको जुनसुकै ठाउँमा पनि समान अप्रत्यक्ष कर व्यवस्था सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि विपक्षी काँग्रेसले भने यो व्यवस्थालाई तमासाको संज्ञा दिएको छ । 

उक्त प्रणालीको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कुनै एक दल र सरकारको नभई यो सबैको प्रयासले गर्दा पाएको सफलता भएको बताएका छन् । त्यस्तै, राष्ट्रपति मुखर्जीले यो व्यवस्था २००२ को डिसेम्बरबाट सुरु भएको भएपनि अहिले आएर सफल भएको बताएका छन् । उनले एउटा लामो यात्राको परिणती बताएका छन् । यो देशभरका सबै सरकारको सहमतिमा सबैको हितका लागि जारी गरिएको दाबी पनि गरे । 

उनले भने यो एक लामो प्रक्रियाको हिस्सा हो । यसको बारेमा वर्षाैदेखि चर्चा सुरु भएको हो । अहिलेको तथा पहिलेको संसद्ले पनि यसबारे लगातार चर्चा गरिआएकै हो । यो अनेकौं प्रयासको परिणाम स्वरुप आज सबैले जीएसटी प्रणाली साकार भएको देख्न पाईयो । 
उनले जीएसटीलाई संविधानसँग जोड्दै संविधा बनेपछि देशका सबैले समान अधिकार पाउने भन्दै जीएसटीले पनि सबैलाई समान अवसरको सिर्जना गरेको बताए । यो प्रणालीले सबै देशलाई एउटै धागोमा बाँध्ने विश्वास पनि उनको थियो । 

त्यस्तै, प्रधानमन्त्री मोदीले जीएसटी सहकारी संघीय ढाँचाको एउटा प्रतीक रहेको भन्दै यसले टीम इण्डिया मिलेको खण्डमा के परिणाम आउँछ भन्ने स्पष्ट पारेको बताए । 

मोदीले गरे गीतासँग जीएसटीको तुलना
प्रधानमन्त्री मोदीले जीएसटी लागू हुनुपूर्व भारतीय संसद्को सेन्ट्रल हलमा आयोजित कार्यक्रममा बोल्दै जीएसटीलाई गीतासँग तुलना गरेका छन् । उनले गीताको पनि १८ अध्याय रहेको र जीएसटी काउन्सिलको पनि १८ औं बैठकमा नै यो प्रस्तुत गरिएकोले यो गीता जस्तै पवित्र रहेको बताए । यसको बारेमा धेरै आशंका रहेको भएपनि अब लागू भएपनि यसबाट सबैले फाईदा लिन सक्ने उनको विश्वास छ।  

भारत सरकारले अहिलेसम्म लिँदै आएको कूल १७ प्रकारको करलाई एकीकरण गरेर अब एकै प्रकारको कर उठाउनको लागि यस्तो व्यवस्था ल्याईएको बताएको छ । भारतका अर्थमन्त्री अरुण जेट्लीले भारतको अर्थतन्त्र सुधारमा यो प्रणालीले असीम सम्भावनाको ढोका खुलेको दाबी गरेका छन् । अब भारतभरी नै एक मार्केट एक देशको नीति सुरु हुने उनले बताए । देशको सबै राज्य अब संघीय ढाँचा अनुसार अघि बढ्न सक्ने उनको बुझाई छ । यो प्रणालीको सुरुवात भएपछि १७ भन्दा बढी प्रकारको करको ठाउँमा एउटै कर तिरे हुने जेट्लीले स्पष्ट पारे । 

के हो जीएसटी ?
जीएसटी दर लागू भएपछि अब भारतमा राष्ट्रिय स्तरमा एउटा बिक्री कर लागू हुन्छ। यसको लागू भएसँगै केन्द्र वा राज्यको विभिन्न शीर्षकमा उठाईने कर बन्द गरिन्छ र बस्तु तथा सेवाको करको एउटै शीर्षकमा पैसा उठाईन्छ । यस प्रणालीमाले २००० अर्बको अर्थव्यवस्था र १.३ अर्ब जनता एउटै नीति अनुसार चल्ने विश्वास भारत सरकारको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ