- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जो राम्री केटी भेट्यो तिनैलाई विवाह गरी श्रीमती बनाउँछु भनी आश्वासन दिंदै हिंड्ने बानेश्वरस्थित कन्टिनेन्टल एकेडेमी स्कुलका प्रिन्सिपल सम्झना लामाका केही हर्कतहरु सार्वजनिक भएका छन् । प्रिन्सिपल लामामाथि अहिले सम्म चार जना महिलालाई बिहे गर्ने आश्वासन दिई छाडेर हिंडेको आरोप लागेको छ । ती चार जना महिलाहरुको अहिले अरुसँगै विवाह भईसकेको छ । पीडित मध्ये एक महिलाले भनिन्, “प्रिन्सिपल जस्तो व्यक्तिले यस्तो धोका देलान् भन्ने मैले सोचेकै थिईन । तर म ठूलो भ्रममा रहेछु ।”
लामाको केटी काण्ड मात्रै होईन उनले सरकारी छाप कीर्ते गरी नक्कली लाईसेन्स बनाएको अभियोगमा उनलाई काठमाडौं जिल्ला अदालतले समेत दोषी ठहर गरेको छ । २०७४ साल वैशाख २० गते अदालतले लामालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर गरी एक वर्ष कैद र ५० हजार जरिवाना समेत गरिसकेको छ । उनले यातायात कार्यालय काठमाडौंबाट नक्कली लाईसेन्स बनाएका थिए ।
नक्कली लाईसेन्स बनाएको आरोप लागेपछि लामालाई प्रहरीले बारम्बार खोजतलास गरिरहेको थियो । पछि उनी पक्राउ पनि परे । अदालतमा मुद्दा चलाईएपछि उनी अदालतबाट दोषी ठहर भएका हुन् । लामालाई अदालतबाट एक वर्ष कैदको सजाय सुनाईएपनि लामा अहिलेसम्म पनि प्रिन्सिपलको रुपमा कार्यरत छन् । अदालतबाट सरकारवादी जस्तो गम्भीर प्रकृतिको मुद्दामा दोषी ठहर भईसकेका लामालाई स्कुलका सञ्चालकहरुले अहिलेसम्म हटाउन सकिरहेका छैन्न् ।
काभ्रेको कानपुर स्थायी घर भई हाल बनेपा बस्ने लामा अदालतबाट घरेलु हिंसा सम्बन्धी मुद्दामा पनि दोषी सावित भईसकेका छन् । उनलाई गत असार ६ गते अदालतले श्रीमती कुटेको आरोपमा दोषी ठहर गरी क्षतिपूर्ति बापत ५० हजार रुपैंया तिर्न आदेश दिएको थियो । तर अहिलेसम्म पनि उनले क्षतिपूर्ति नतिरेको परिवारका सदस्यले जानकारी दिएका छन् ।