- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । यसअघि मतदाता परिचयपत्र बनाउन छुटेहरुको उत्साहजनक सहभागितापछि पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड ब्यवस्थापनमै कठिनाई भएको छ । अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा ३ हजार २ सय जनाको परिचयपत्र बनाइएको हो । यही अभियानका क्रममा २ सय जनाको नाम सच्याइएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिचयपत्र बनाउने र नाम सच्याउन थालिएको हो ।
अब साउन मसान्तसम्म परिचयपत्र बनाउने र सच्याइने जिल्ला निर्वाचन कार्यालय प्रमुख धु्रव राईले बताए । परिचयपत्र बनाउन र सच्याउन निर्वाचन आयोगको टोली गाउँपालिकामै गएपछि दुई दिनको अवधिमा फालेलुङ गाउँपालिकामा ७६ जना, फाल्गुनन्दमा ५७ जना, कुमायकमा ४१ जना, याङबरकमा ३३ जना, मिक्लाजुङमा १७ जना र फिदिम नगरपालिकामा १ सय २३ जनाको नयाँ परिचयपत्र बनाइएको निर्वाचन कार्यालयले जनाएको छ ।