- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । हलिउड कलाकार एन्जेलीना जोली र ब्रेण्ड पिटले हालै छोडपत्रको कानुनी कार्वाहीको निर्णय रोकेका छन् । योसँगै दुवैले छोडपत्र नगर्ने अनुमान लगाउन सुरु भएको छ ।
स्रोतका अनुसार दुवैले छोडपत्रको लागि कुनै अगाडिको काम कार्वाही गरेका छैनन् । साथै कसैलाई पनि अघि केहि होला जस्तो लागेको छैन । दुवै जना सम्बन्ध बिच्छेदलाई लिएर सहज अवस्थामा छैनन् । उनिहरु सम्बन्ध बिच्छेदको निर्णय सहि हो वा गलत सो कुराको सुनिश्चित गर्न चाहान्छन् ।
दुवै कलाकारका एक नजिकका मित्रले भने एन्जेलिना, पिटसँग फर्किएर जाने बिषयमा विचार गरिरहेकी छन् । किनभने छोडपत्रको आवेदनपछि पिट धेरै बदलिएका छन् । पिट 'आत्म सुधार' गरिरहेका छन् र उनको बद्लिएको स्वभावले एन्जेलिनाको विचार परिवर्तन भएको हुन सक्छ ।
तर जोली वा पिटका प्रतिनिधिले मेलमिलापको बिषयमा आधिकारिक बयान भने दिएका छैनन् ।
अघिल्लो बर्ष अभिनेत्री एन्जेलीना जोलीले आफ्नो पति ब्रेण्ड पिटसँग सम्बन्ध बिच्छेद आवेदन दिएपछि हाइपरटेन्शन र बेल्स पाल्सी नामक गम्भीर रोगको संक्रमण भएको जनाएकी थिइन् ।