- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले सबै क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता एवं संकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरेको छ ।
साउन ३२ गतेसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता, संकलन गर्ने निर्णय भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले आगामी भदौ १ देखि ३ गतेसम्म सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्ता, संकलन कार्यक्रम सञ्चालन हुने गरी तीन दिन समय बढाउने निर्णय गरेको आयोगले जनाएको छ ।