- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौशाला । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार सम्सी गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका फारुक शेख र उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव विजयी भएका हुन् ।
सम्सी गाउँपालिकामा माओवादी केन्द्रका फारुक शेखले दुई हजार ३४८ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् ।
त्यस्तै, उपाध्यक्ष पदमा सोही पार्टीकी नगिनादेवी यादव एक हजार ८८७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पाण्डेले बताए ।
त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा संघीय समाजवादी फोरम नेपालका रामनाथ यादव दुई हजार २४४ र उपाध्यक्ष पदमा सोही पार्टीकी सुनिता देवीले एक हजार ५५२ मत प्राप्त गरेकी थिइन् ।