- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । नेपाली काङ्ग्रेसको घर दैलो तथा गाउँ–टोल कोण सभा कन्काइ नगरपालिका ३ मा सम्पन्न भएको छ ।
कृषि राज्यमन्त्री तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सरिता प्रसाईंको प्रमुख आतित्थ्यमा प्रतिनिधि सभा सदस्य उमेद्वार देउमान थेबे, प्रदेश सभा सदस्य उम्मेदवार उत्तम सुवेदी, नगर सभापति नेत्र चिमरिया, वार्ड नम्बर ३ का अध्यक्ष रुद्र चिमरियाले मन्तब्य राखेका थिए ।
जम्मा ११ स्थानमा भएको सभामा बोल्दै मन्त्री सरिता प्रसार्इंले अहिले जुन खेल हुँदैछ त्यो गलत हो अब पालो संविधान कार्यान्वयन गर्नु औद्योगिक क्रान्ति र कृषि क्रान्ति गर्नुपर्ने बेला भएको र यसको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने उद्घोष गरिन् ।
नेकपा एमाले र माओबादीको अहिलेको शैलीले जनतालाई सास्ती दिने, फेरि देशलाई धु्रवीकरणतिर लैजाने दुस्साहस गरेको आरोप उनले लगाइन् ।
सभामा बोल्दै देउमान थेबेले आफुले जिते आफुलार्इ भेट्न जनताले काठमाडौंको गल्लीमा भौंतारिनु नपर्ने र आफु सधै यहि ठाउँमा रहने र जनतासंग विकासको आभियानमा सहभागी हुने बताए ।
कन्काइको मुहार फेर्न आफुले केही बर्षअघि झापा सुरुङ्गा दानाबारी इलाम कञ्चनजंघा सडकको अवधारणा ल्याएको र त्यसले कन्काइ नगर र झापाको भविश्य उज्वल पार्ने र यसको काम पनि प्रारम्भ भैसकेको बताए ।
सभामा बोल्दै उत्तम सुवेदीले जनताले आफुलार्इ चुनेर पठाए आफु मुख्य मन्त्रीको समेत योग्यता राख्न सक्ने र सधै जनताको सेवक रहने बताए ।
यसैगरी कन्काइ २ स्थित दुर्गापुर बजारमा पार्टी प्रबेश तथा आमसभाको कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १०० भन्दा बढी युवाहरू कम्युनिष्ट गठबन्धन छाडेर काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई मन्त्री सरिता प्रसाईंले सदस्यता बितरण गरिन् । त्यस्तै देउमान थेबेले माला लगाएर तथा उत्तम सुवेदीले अबिर लगाएर सम्मान गरे ।