- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटबल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ का १९ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष समेत रहेका रुपन्देही क्षेत्र नं २ (क)का प्रदेश सभा उम्मेदवार काजिमान श्रेष्ठले अवीर र र मालाले स्वागत गर्दै मुलुकको लोकतान्त्रिक व्यबस्थालाई अगाडी बढाउने दायित्व नेपाली काँग्रेसको भएको बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले एमाले नेताहरु खोपीका राजाहरु जस्तै भएको आरोप लगाउँदै बिकास निर्माणका लागि नेपाली काँग्रेसका नेताहरु सहज पहुँचमा हुने दावी गरे ।
उनले जनताले बिकास चाहेको बताउँदै बिकासका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको बताए ।
नेपाली काँग्रेस तिलोत्तमा ६ का सभापति लोकबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा चुनाव प्रचारप्रसार समितिका संयोजक तथा महाधिवेशन प्रतिनीधि यमबहादुर खत्री, धनेन्द्र पौडेल, लोकबहादुर पुनले उक्त वडा त्यसैपनि नेपाली काँग्रेसको बलियो भएको र नवप्रवेशीका कारण थप मजबुद भएको बताएका थिए ।