- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रामेछाप । रामेछापको लिखुगाउपाली ६ खिम्तीमा बिहिवार भएको चुनावी सभामा पूर्व लडाकु रमेस खत्री र स्थानीय निर्वाचनमा सदस्य उमेदवार रहेका गगन श्रेष्ठका छोरा सुरेस श्रेष्ठको नेतृत्वमा सय माओवादी केन्द्र र एमालेका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
परिवर्तनका नाममा जङ्गल पुर्याए बन्दुक बोक्न लगाए तर आज पाटी नै एमालेमा विलायो र आफ्नो अस्तित्व गुमायो ,हामीले नबुझेर गरेको यो गल्ति अब काँग्रेसलाई साथ दिएर पूरा गर्नेछौ भन्दै उनिहरुले काँग्रसको साथ अगाँलेका छन्।
पार्टी प्रवेश गर्नेमा राप्रपा वडा अध्यक्ष पद्का उम्मेद्बार चन्द्र श्रेष्ठ पनि थिए।
मन्थलीका माओवादीका ईकाइ सचिव सहित ७० जना आए काँग्रेसमा
मन्थली नगरपालिका वडा ८ का नेकपा माओवादीका ईकाई सचिव समेत रहेका शिव कार्की सहित ७० जना माओेवादीका नेता कार्यकर्ता पनि काँग्रेस प्रवेश गरेका छन्।
नेपाली काङ्ग्रेसका मुल चुनाव प्रचार प्रसार समितिका सदस्य तथा शोभाकर पराजुली र रामेछापका प्रतिनिधि सभा सदस्यका उमेदवार पुर्ण बहादुर तामाङ कान्छारामले मन्थली नगरपालिका वडा न: २ मा भएको चुनावि सभामा शिव कार्की र दयावीर माझीको नेतृत्वमा ७० जना माओवादिका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराए।
काँग्रेस प्रवेस पछि कार्कीले भने म जन्मजातै कम्युनिस्ट भएपनि अब उप्रान्त काँग्रेस भए र हुँदैछु। नेपालमा कम्युनिस्टले ढाँटन बाहेक केहि गर्न सक्दैन।