- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहानै मतदान गरेका छन् ।
चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले शिवनगर मतदान केन्द्रबाट ७ः१५ बजे मतदान गरेका हुन् ।
मतदानपछि उनले अब समृद्धि र विकासको यात्रा यहाँबाटै सुरु हुने प्रतिक्रिया दिएका छन् ।
नेपालको इतिहासमा धेरै संघर्ष हुँदाहुँदै पनि विकास निर्माणले गति लिन पाएन ।
उनले भने, ‘अब सबैले विकासको एजेन्डामा केन्द्रीत हुनुपर्छ भन्ने हो ।’
उनले फेरि पनि शान्ति सम्झौताको नेतृत्व गरेको र तत्कालीन प्रधानमन्त्री एवं काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नभएको भन्दै स्मरण गरे ।
प्रचण्डले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र आजकै दिनबाटै समृद्धिको यात्रा सुरु भएको जनाए ।
उनले बिहिबार दिनभरि विभिन्न मतदान केन्द्रमा हिंड्ने बताए ।
उनले माडी भने नजाने बताए ।