- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुल विजयी भएका छन् ।
आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टरले वेष्ट ब्रोमलाई उसकै मैदानमा २–१ ले हरायो ।
रोमेलु लुकाकु र जेस्सी लिङ्गार्डले म्यान्चेस्टरका लागि १–१ गोल गरे ।
वेष्ट ब्रोमका ग्यारेथ ब्यारीले सान्त्वना गोल फर्काए ।
अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ४–० ले हरायो ।
फिलिप कौटिन्हो, डेजान लोभ्रेन, मोहोमद सलाह र रोबर्टो फर्मिनोले १–१ गोल गरे ।
यी खेलहरुपछि अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा कायमै छ ।
४१ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।
३८ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।
३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ ।