- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश दिएसँगै प्रहरीले आमरण अनसनमा रहेका डा.केसीलाई पक्राउ गरेको छ । डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।
केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर सर्वोच्चले पक्राउको आदेश दिएको हो । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।
सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध अदालतको अवहेलनमा मुद्दा हालेका थिए । सर्वोच्चले चार वर्ष अघि बर्खास्त भएका आइओएमका डिन शशि शर्मालाई पुनःवहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गरेका छन् ।
केसी गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण अनसन समेत बसेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र प्रधानन्ययाधीश पराजुली माफियाका नाइके भएको बताएका थिए ।