- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाउने गरिन्छ ।
‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।
०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
०५५ भदौ ५ गतेको भूकम्पले पनि थुप्रैको ज्यान लिएपछि सचेतना दिवस मनाउनु पर्ने आवश्यकता सरकारले महशुस गरेरै त्यसयता निरन्तर यो दिवस मनाइन्छ ।
यो दिवस मनाइने भए पनि त्यसबाट उपलब्धी भने एक थोपा नभएको प्रमाणित ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको भूकम्पले प्रमाणित गर्छ ।
सचतेनाका नाममा लाखौं रकमको हेराफेरी अनि सचेतना विज्ञहरु नै गलत प्रवृत्तिको शिक्षा दिन उद्दत भएको निष्कर्षमा बारपाक भूकम्पपछि भएको थियो ।
उक्त भूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो ।
भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।
यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन् । त्यो केवल बालुवामा पानी हालेसरह मात्र देखिएको छ ।
यो बीचमा त्यही सम्पदाको प्रतिक रानीपोखरीबाटै थुप्रै बालुवा निकालिएको छ । रानीपोखरीलाई अहिले बाँझो खेत बनाइएको छ ।
दिवस मनाउने एक दिने नाटक मञ्चन गरिन्छ । त्यही नाममा लाखौं रुपैयाँ खर्च गरिन्छ । असली शिक्षाको अभाव भइरहेको छ । पुनःनिर्माण समयमै नहुँदा सयौं पीडितले खुला आकाशमै रहेर ध्यान गुमाएका छन् ।